पीपीएल : लगातार चौंथो जितसँगै चितवन फाइनल नजिक

डिसी नेपाल
६ पुष २०७६ १२:४८

पोखरा । आइतबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत भएको खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेको छ । चितवनले दिएको १ सय ४७ रनको लक्ष्य विराटनगरले भेट्टाउन नसक्दा चितवन विजयी भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका लागि ओपनर रोहन मुस्तफाले १० बलमा ७ रन बनाउँदै जितेन्द्र मुखियाको बलमा विकेट किपर राजु रिजालको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै इनिङलाई माथि उकास्ने क्रममा चितवनका कप्तान पारस खड्का ३८ बलमा ३५ रन बनाउँदै मोहम्मद जाहिद खानको बलमा नोमन खानको हातबाट क्याच आउट भए ।

चौंथो नम्बरमा ब्याटिङ गर्न आएका अनिलकुमार साह लामो समय टिक्न सकेनन् । ३ रन बनाएर पुनीत मेहराको हातबाट बोल्ड हुन पुगे । तेस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका बाबर हायातले ३१ बलमा २५ रन बनाउँदै किशोर महतोको बलमा विकेट किपर राजु रिजालको हातबाट क्याच आउट हुन पुगे ।

त्यसैगरी छैटौं नम्बरमा ब्याटिङ गर्न आएका सन्नी पटेलले इनिङलाई उकास्न उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८ बलमा २७ रन बनाए । भने आरिफ शेखले पनि इनिङलाई उकास्न नटआउट हुँदै २२ बलमा ३९ रन बनाए । आरिफ र सन्नीले टिमका लागि ५४ रनको साझेदारी गरे ।
विराटनगरका लागि पुनीत मेहराले ४ ओभरमा १३ रन दिँदै १ विकेट दिए । त्यस्तै मोहम्मद जाहिद आलम ४ ओभरमा ३० रन दिँदै १ विकेट, किशोर महतो ४ ओभरमा ३४ रन दिँदै १ विकेट र जितेन्द्र मुखिया ४ ओभरमा ५४ रन दिँदै १ विकेट लिए ।

विराटनगरका लागि ओपनर सुनिल धमालाले ४ बलमा ५ रन बनाउँदै करन केसीको बलमा विकेट किपर अनिलकुमार साहको हातबाट क्याच आउट हुन पुगे । अर्का ओपनर मोहम्मद जाहिद आलम १ रनमै आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्रदीप सिंह ऐरी १९ बल खेल्दै ९ रनमा आउट भए ।

त्यस्तै अर्का ब्याट्सम्यान नोमन खान १६ बलमा १८ रन बनाउँदै आउट भए भने राजु रिजाल १ रनमै आउट हुन पुगे । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका पुनीत मेहरा २६ बलमा २४ रन बनाउँदै रोहन मुस्तफाको बलमा बोल्ड हुन पुगे । त्यस्तै आठौं नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बमले आक्रामक ब्याटिङ गरे । उनले इनिङलाई उकास्ने क्रममा अर्धशतकीय पारी खेले । बलमे ३६ बलमा ५ चौका ५ छक्काको मद्दतमा ६२ रन बनाए । त्यस्तै साहब आलम र किशोर महतोले समान एकएक रन बनाए ।

चितवनका लागि भुवन कार्कीले तीन ओभरमा १४ रन दिँदै ३ विकेट लिए । भने करन केसीले ४ ओभरमा ३३ रन दिँदै ३ विकेट, रोहन मुस्तफा ४ ओभरमा २१ रन दिँदै २ विकेट, सन्नी पटेल ४ ओभरमा २ मेडन फाल्दै १० रन दिएर १ विकेट लिए ।

यो सँगै चार खेल खेलेको चितवन सबैमा जित हासिल गर्दै फाइनलको नजिक पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *