संगठन संरचना परिवर्तन गरेर स्मार्ट एनआरएन बनाउँछौः महासचिव डा. शर्मा

डिसी नेपाल
६ पुष २०७६ ७:१८

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा। हेमराज शर्माले संगठन संरचना परिवर्तन गरेर ‘स्मार्ट एनआरएन’ बनाउने बताएका छन् । उनले  ‘गैरआवासीय नेपाली संघसँग सिधा संवाद’ कार्यक्रममार्फत् शनिवार यस्तो बताएका  हुन् ।

संवाद कार्यक्रममा बोल्दै उनले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू   नउत्रने  प्रतिबद्धतासमेत गरेका छन् ।

संघले विश्वभर छरिए रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवादको कार्यक्रम शनिबारदेखि सञ्चालन  गरेको थियो । एनआरएनएलाई उत्तरदायी, पारदर्शी, जवाफदेही बनाउन तथा हरेक गतिविधिलाई विश्वभर छरिएर रहेका नेपालीमाझ पुर्याउने उद्देश्यका साथ संघले यो कार्यक्रम सञ्चालनमा ल्याएको हाे ।

कार्यक्रम प्रत्येक हप्ताको शनिबार बेलायती समय अनुसार बिहान ९.३० र नेपाली समय दिउँसो ३.१५ बजे संघको आधिकारिक फेसबुक पेजडिसी नेपालबाट एकैसाथ प्रसारण हुन्छ । संवादमा संघका महासचिव डा। शर्माले विश्वभर छरिएका नेपालीहरूसँग प्रत्यक्ष कुराकानी गरेर जिज्ञासा मेटाउनेछन् ।

शनिबारको पहिलो कार्यक्रममा महासचिव डा शर्माले एनआरएनबारे सामाजिक सञ्जालमा आएका अनेकन टिप्पणीको जवाफ दिँदै एनआरएनमा अहिलेसम्म भइरहेका गतिविधिको बारेमा स्पष्ट पारेका थिए।

उनले  एनआरएनले अहिले लिएको अर्जुनदृष्टि लाप्राक नमुना बस्ती हस्तान्तरण, आउँदो दुई वर्षभित्र गरिने कार्ययोजना तयार, १० अर्बको संगठित लगानी परियोजनाको खाका, नेपाल सरकारले अगाडि सारेको भिजिट नेपाल २०–२० परियोजना सफल पार्ने, वैदेशिक कल्याणकारी कोषको रकम वृद्धि, च्यारिटी कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने र एनआरएनको छवि सुधार्ने रहेको स्पष्ट पारे ।

भिडियो कन्फेन्समार्फत गत साता सम्पन्न एनआरएनको बैठकले गरेको निर्णयबारे सामाजिक सञ्जालमा आएका गुनासोको जवाफ दिँदै महासचिव डा। शर्माले भने, ‘हामी पनि मानव हौं, हाम्रा पनि कमीकमजोरी हुन्छन् । तपाईंहरूले गरेको आलोचनाले हामीलाई सुध्रिने अवसर दिन्छ । आलोचना गर्नुहोस् । तर आलोचना गर्दा स्वास्थ्य र तथ्यपरक हुनुपर्छ ।’

एक घण्टाभन्दा बढी समयसम्म चलेको सिधा संवाद कार्यक्रममा अधिकांश गुनासाहरू गत साता बसेको बैठकमा भएका निर्णयमा आधारित थिए । ती गुनासाहरुलाई महासचिव डा। शर्माले सालिन ढंगले जवाफ दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *