गरिमा विकास बैंकाे शाखा धादिङबेशीमा पनि

डिसी नेपाल
६ पुष २०७६ १६:४५

काठमाडाैं । गरिमा विकास बैंकले निलकण्ठ नगरपालिका ३ धादिङबेशीमा आईतबार एक कार्यक्रमका बीच आफ्नो शाखाको औपचारिक सुरुवात गरेको छ । निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाले शाखाको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका सञ्चाली श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावनाबोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुजीउपलब्ध गराई त्यस क्षेत्रको ओधोगिकतथाव्यवसायिकविकासमा महत्वपूर्ण भुमिकाखोल्ने विश्वास रहेको बताए ।

कार्यक्रममानिलकण्ठ नगरपालिकाकानगर प्रमुखश्री भीम प्रसाद ढुंगाना निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष श्री होमनाथ रिजालज्यू, धादिङ्गउद्योग वाणिज्य संघका अध्यक्षश्री रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालकश्री विमल पाण्डे, नायब महाप्रबन्धक माधव प्रसाद उपाध्यायज्यू लगायतले मन्तव्य राखेका थिए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष ५गते सम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *