मोदीद्वारा विवादास्पद नागरिकता कानुनको बचाउ, प्रतिपक्षद्वारा मिथ्या फैलाएको आरोप

डिसी नेपाल
६ पुष २०७६ १६:५४

बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानुनको बचाउ गरेका छन्।

‘हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौँ,’ उनले दिल्लीमा एक र्‍यालीमा भने। ‘हामीले भारतका सांसदहरू र संसद्‍को सम्मान गर्नुपर्छ।’

मुसलमानविरोधी भनी आलोचना भएको सो कानुनको विरोधमा भएका प्रदर्शनका क्रममा भएका झडपमा २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रहरीले प्रतिबन्ध लगाएपनि प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका छन्। भारतीय प्रहरीले हजारौँलाई हिरासतमा लिइसकेको छ र कैयौँ स्थानमा इन्टरनेट बन्द गरिएको छ।

सो कानुनले छिमेकी तीन देशका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई भारतीय नागरिकता प्राप्त गर्नका लागि सहजता दिएको छ।

भारतीय जनता पार्टी बीजेपीले दिल्लीमा राज्य चुनावका लागि अभियान सुरु गरेको र्‍यालीमा प्रधानमन्त्रीले कानुनको बचाउ गरेका हुन्।

आफ्नो मन्तव्यमा प्रम मोदीलेः

  • प्रतिपक्ष दलहरूलाई कानुनको बारेमा झूट बोलेको र मिथ्या सूचना फैलाएको आरोप लगाए
  • प्रहरी एवम् सार्वजनिक यातायात, पसल र सरकारी सम्पत्तिमाथिको आक्रमणको निन्दा गरे
  • सरकारले मुख्य नीतिहरू लागु गर्दा कसैको पनि धर्म नसोधेको दोहोर्‍याए
  • भारतका मुसलमानहरूले उक्त कानुनका कारण चिन्तित हुनु नपर्ने बताए



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *