एनआरएनए आईसीसीको पोखरामा ‘फेस टू फेस मिटिङ’ हुने

डिसी नेपाल
६ पुष २०७६ १७:२६

काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) को गण्डकी प्रदेशको पोखरामा ‘फेस टु फेस मिटिङ’ हुने भएको छ ।

शनिबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकले आगामी जनवरी १८ र १९ तारिख २ दिनसम्म पोखरामा प्रत्यक्ष बैठकको आयोजना गर्ने निर्णय गरेको संघका प्रवक्ता डिबी क्षेत्रीले डिसी नेपाललाई जानकारी दिए ।

उनकाअनुसार पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिनेछ ।  बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ ।

यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

शनिबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकमा संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कम्पनीबाट परिक्षण ९क्भअगचष्तथ ब्गमष्त० गराउने समेत निर्णय गरिएको छ ।

२ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

शनिवमार सम्पन्न पदाधिकारी बैठकमा संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण गराउने समेत निर्णय गरेको क्षेत्रीले जनाए ।

बैठकमा ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयन बारे व्यापक छलफल भएको थियो।

मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय गरेको छ । बैठकले विभागिय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।

यसै बीच शनिवार अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुसँग विद्युतिय बैठक आयोजना गरिएको थियो ।

बैठकमा संघका अध्यक्ष कुमार पन्तद्वारा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हालै लिएका निर्णयहरु बारे जानकारी गराईएको थियो । उनले बलिया राष्ट्रिय समन्वय परिषद् भए नै संघ बलियो हुने धारणा राखे।

उनले गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएको जानकारी दिए । बैठकमा अध्यक्ष पन्तले अन्तर्राष्ट्रिय समन्वय परिषद्ले काठमाडौं महानगरपालिकासंग सल्लाह गरी काठमाडौंको केही स्थानमा आधुनिक सौचालयको विकासका लागि पहल गरिरहेको जानकारी दिए ।

बैठकमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवले राष्ट्रिय समन्वय परिषद्सँगको संवाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको बताएका थिए ।

उनीहरूले संघको विभिन्न मुलुकबाट संघको परिषद्, समिति, कार्यदलका सदस्य एवं संयोजकहरू मनोनित गर्दा राष्ट्रिय समन्वय परिषद्सँगको सल्लाहमा हुनु पर्ने धारणा राखेका थिए ।  बैठकमा तीन दर्जन राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा महासचिव सहभागि थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *