अपहरणमा परेका गाउँपालिकाका अध्यक्ष मुक्त
काठमाडौं। अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन्।
शनिबार राति अपहरणमा परेका अध्यक्ष शाहीलाई कालीकोट प्रहरीले शुभकालिका जङगलबाट अपहरणमुक्त गरेको नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। अध्यक्ष शाहीसहित उनकी पत्नी इला मल्ल शाही पनि अपहरणमा परेकी थिइन्।
विप्लव माओवादीले उनीहरुलाई आर्थिक अनियमितता गरेको आरोपमा अपहरण गरेको थियो। श्रीमती शाहीलाई भने दिउँसो उनीहरुले बीचैमा छाडेका थिए। अध्यक्ष शाहीकी पत्नी स्थानीय कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापकसमेत थिइन्।
शाही दम्पतीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजे अपहरण गरेको थियो।
प्रतिक्रिया
Facebook Comment