पाटन दरबारमा नजिकै चन्द्रमा देखिएपछि फोटो खिच्न सर्वसाधारणको भिड

काठमाडौँ । चन्द्रमाको आकृति हेर्न ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार साँझ सर्वसाधारणको भिड नै लागेको छ ।
टाढा र मधुरो चन्द्रमा देखेका सर्बसाधारणले झलझल बलेको चन्द्रमा नजिकै देखेपछि फोटो खिच्ने र हेर्नेको भिड जम्मा भएको हो ।
यो चन्द्रमा प्राकृतिक नभएर धरानका मिलन राईले बनाएर प्रदर्शनमा राखेको चन्द्रमा हो ।

उनले आफूले विश्वबन्धुत्वको भावनाले यो काम गरेको बताएका छन् । ‘चन्द्रमा राख्दा सबै मान्छे हेर्न आए, यसको सुन्दरताले सबैलाई आकर्षित गरोस् भनेर राखेको हुँ’ उनले भने ।
उनले अब यो चन्द्रमा पोखरामा पनि प्रदर्शन गर्ने इच्छा भएको बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment