मान्छेबिना कम्प्युटरले कसरी लेख्यो ७ सय वटा समाचार ?

डिसी नेपाल
७ पुष २०७६ ११:५२

काठमाडौं। इतिहासमै पहिलो पटक बेलायती मिडिया बीबीसीले मान्छेबिना कम्प्युटरले लेखेका ७ सय समाचार प्रकाशित गरेको छ । बेलायतमा भएको निर्वाचनको मतगणनापछि परिणम घोषणा हुनासाथ त्यो समाचार कम्प्युटरले लेखेको थियो । रातभरमा ७ सय यस्ता समाचार प्रकाशित भए । यो बीबीसीको ‘मेसिन पत्रकारिता’को सबैभन्दा ठूलो परीक्षण थियो ।

झण्डै ७ सय समाचारहरु जो अधिकांश अंग्रेजीमा लेखिएका थिए, ४० वटा भने वेल्समा थिए, सबै समाचारलाई प्रकाशनपूर्व मानव सम्पादकले जाँच गरेका थिए । यो परियोजनाका प्रमुखका अनुसार यो प्रविधि मानवलाई विस्थापित गर्न भन्दा पनि सेवालाई अझै प्रभावकारी बनाउनको लागि डिजाइन गरिएको हो । ‘यो हामीले मानवीय संसाधनबाट तत्काल गर्न नसक्ने पत्रकारिता गर्नु हो’ बीबीसी न्यूज ल्याब्सका सम्पादक रोबर्ट म्याकेन्जीले भने ।

‘मेसिनको सहयोग लिएर हामीले त्यो एउटा क्षेत्र, जसको मतगणनाको परिणाम अझै आएको छैन, बाहेक प्रत्येक निर्वाचन क्षेत्रको लागि समाचार बनायौं जसको मतपरिणाम गएराती आएका थिए । त्यो मानवबाट कहिल्यै सम्भव हुन सक्दैनथ्यो’ उनले भने । कैयौं समाचार संस्थाहरुले तथ्यांकमा आधारित समाचार प्रभावकारी रुपमा सम्प्रेषण गर्न अटोमेटेड पत्रकारिताको परीक्षण गरिरहेका छन् । यो प्रविधिले संख्यामा आधारित समाचारहरु जस्तै फुटबल स्कोर, कम्पनीको वित्तिय रिपोर्ट र निर्वाचन परिणाम लगायत तत्कालै बनाउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *