ताजमहल हेर्न गएका नेपाली पर्यटक बोकेको कार लखनउ–आगरा एक्सप्रेस वेमा दुर्घटना
काठमाडौं। चार नेपाली पर्यटक र उनीहरुका चालकसहितको कार भारतको लखनउ–आगरा एक्सप्रेस वेमा दुर्घटना हुँदा पाँचैजना घाइते भएका छन् । उनीहरुको स्विफ्ट डिजायर कार सडकमै उल्टिएको थियो ।
मिग्नाम अलामु शेर्पा, उनकी पत्नी डोली तथा २ छोरीहरु पेमा र अलामुसँग स्विफ्ट डिजायर कारमा ताजमहल हेर्न जाँदै थिए । कार बिहारका विपिन कुमार वर्माले चलाइरहेका थिए । आइतबार बिहान लखनउ आगरा एक्सप्रेस वेमा चालकलाई निद्रा लागेपछि कार डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । स्थानीयले दुर्घटनाग्रस्त कारलाई देखेपछि एम्बुलेन्सलाई सूचना दिएर घाइतेलाई अस्पताल लिएर गएका थिए ।
प्रतिक्रिया
Facebook Comment