भारत र इरानबीच द्धिपक्षीय वार्ता, आर्थिक सम्बन्ध र सुदृढिकरणका विषयमा छलफल
तेहरान । भारत र इरानका विदेशमन्त्रीबीच आइतबार द्धिपक्षीय वार्ता भएको छ । उनीहरुबीच आइतबार इरानको राजधानी तेहरानमा सो वार्ता भएको अधिकारीहरुले जनाएका छन्।
भारतीय विदेशमन्त्री शुब्रमन्यम जयशंकर हाल इरानको भ्रमणमा रहेका छन् ।
उनले आइतबार अपराह्न राजधानी तेहरानमा विदेशमन्त्री मोहमद जावेद जारिफबीच सो भेटवार्ता भएको बताएको छ।
आइतबार उनीहरुबीचको भेटवार्ता खासगरी दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढिकरणका क्षेत्रमा भेटवार्ता भएको विदेशमन्त्री जारिफले बताए ।
इरानी विदेशमन्त्री जारिफले आफ्नो ट्वीटर अकाउन्टमा जनाएअनुसार सो भेटवार्ताका क्रममा इरान र भारतबीचको आर्थिक सम्बन्धमा सृदृढिकरणका साथै आगामी दिनमा आर्थिक क्षेत्रका सम्भावनाहरु खोज्ने विषयमा छलफल भएको थियो।
संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी भूभागमा रहेको चाबहार बन्दरगाहलाई खुला गरिदिएको घोषणा गरेको एक दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको इरान भ्रमण भएको छ।
उक्त बन्दरगाह अफगानिस्तानमा द्धन्द्धको मारमा परेका मानिसका लागि मानवीय सहायता आपूर्ति गर्ने एक महत्वपूर्ण मार्गका रुपमा लिइन्छ।
उक्त बन्दरगाहाको भारत, इरान र अफगानिस्तानले संयुक्त रुपमा विकास गरेका यसअघिका समाचारहरुमा जनाइएको छ।
यसैबीच हालैमात्र इरानी राष्ट्रपति रउहानीले जापानको भ्रमण गरेको दुई दिनपछि भारतीय विदेशमन्त्रीको इरान भ्रमण भएको अर्को एक समाचारमा जनाइएको छ ।
पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला भएको इरानी राष्ट्रपतिको भ्रमण भएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिका र इरानबीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले इरानको भ्रमण गर्नुभएको र त्यसपछि हालैमात्र इरानी राष्ट्रपतिको यो भ्रमण भएको ती सञ्चारले जनाएका हुन् ।
इरानी राष्ट्रपतिको यो भ्रमण हालै कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम गर्ने क्रममा भएको अनुमान गरिएको छ ।
दुई वर्षयता दुई पटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ । ती वार्तामा उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमति बमोजिम काम हुन नसकेको अमेरिकाको भनाई छ।
उता आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको थियो।
उनीहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ।
Facebook Comment