बंगबन्धु स्टेडियम पुगे सयौं नेपाली समर्थक, नेपालको झण्डा हल्लाउँदै हौसला दिँदै
ढाका। साफ च्याम्पियनशिप अन्तर्गत पाकिस्तानविरुद्ध भइरहेको नेपालको खेल हेर्न सयौंको संख्यामा नेपालीहरु बंगबन्धु स्टेडियम पुगेका छन्। स्टेडियममा उनीहरु झण्डा हल्लाएर नेपाल नेपाल भनिरहेका छन्।
बंगलादेशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु तथा कामको सिलसिलामा आउनेहरु छन्। दोस्रो हाफको १८ मिनेट वितिसक्दा समेत नेपालले गोल फरकाउन सकेको छैन्।
पाकिस्तान समय सकाउने दाउमा देखिन्छ भने पहिलो हाफमा पछि परेको नेपाल गोलको खोजीमा छ।
डिसी नेपाल डटकमबाट साभार
प्रतिक्रिया
Facebook Comment