नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश दिने
काठमाडौं। नेपाल बंगलादेश बैंकको साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १२ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ।
बैंकको सोमबार बसेको २५ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर सहित कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
त्यस्तै अर्को कुनै बैंक वा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सहमति तथा सम्झौता गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने पस्ताव समेत पारित भएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा बैंकले कुल निक्षेमा २४ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ५९ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको र ५५ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। बैंकले गत वर्ष १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो। त्यस्तै बैंकको निष्कृय कर्जा भने १ दशमलव ७४ प्रतिशत रहेको छ।
Facebook Comment