पत्रकार खशोग्जीको हत्या अभियोगमा साउदीमा ५ जनालाई मृत्युदण्डको फैसला

डिसी नेपाल
७ पुष २०७६ १५:५०

काठमाडौं। साउदी अरेबियाको एक अदालतले पत्रकार जमाल खशोग्जीको हत्या अभियोगमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । पब्लिक प्रोसिक्युटरलाई उद्धृत गर्दै बीबीसीले लेखेको समाचारमा जनाइएअनुसार ११ जनाविरुद्ध सुनुवाइ भएको थियो । जसमध्ये ५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

साउदी अरेबियाका कट्टर आलोचक पत्रकार खशोग्जीको गत वर्ष टर्कीको इस्तानबुलमा हत्या भएको थियो । खशोग्जी वाशिङटन पोस्टका पत्रकार थिए । उनको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानको हात रहेको दावी गरिँदै आएको छ । तर, राजकुमार सलमानले भने गत अक्टोबरमा उक्त हत्यामा आफ्नो संलग्नता नरहेको तर देशको नेतृत्वकर्ताको हैसियतले आफूले यसको जिम्मेवारी लिने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *