मुगुको छायाँनाथ रारा नगरपालिकाका ५७ वटा घरधुरीलाई ग्याँस चुलो सहयोग

डिसी नेपाल
७ पुष २०७६ १९:११

मोहन कुमार मल्ल

मुगु । छायाँनाथ रारा नगरपािलका वडा नं १३ का दाउरा नपाउने दुई गाउँमा एक घर एक ग्याँस चुलो सहयोग गरिएको छ । दाउराको साह्रै समस्या हुने १३ नम्बर वडा का लापु र लह गाउँका ५७ घरधुरीका स्थानीय लाई छायाँनाथ रारा नगरपालिकाले एक घर एक ग्याँस चुलो सहयोग गरेको हो।

छायाँनाथ रारा नगरपालीका अन्तरगत गरिबसँग नगर प्रमुख कार्यक्रम अन्तरगत लापुका २५घरधुरीका दलित र लह गाउँका ३२ घरधुरी गरी ५७ वटा घरधुरीलाई ग्याँसचुलो वितरण गरीएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

अन्न भन्दा दाउराको चिन्ताले सधै पिरोल्ने गरेको लापु र लह गाउँमा ग्याँस चुलो वितरण गरे संगै त्यहाँका नागरिक खुसी भएका छन । लापु गाउँकी पाल्ती विकका अनुसार गाउँमै ग्याँसचुलोमा खाना पकाउन पाउँदा स्थानीय दंग भएका बताईन ।

उनि भन्छिन्, ‘दाउराको समस्या थियो। दाउराको खोजि गदै दिन बित्ने र बाल बच्चाको बिचल्ली हुने समस्या बाट यहाँका महिलाले मुक्ति पाएका छन । वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियाँै । अहिले ग्याँस चुलोमा खाना पकाउन पाउँदा खुसी छौ ।’

अर्का स्थानीय गोरा विकका अनुसार आफनो वन नभएको र दाउरा ल्याउन छिमेकिको वनमा जाने गरेको बताए । उनले भने, ‘एक भारी दाउरा ल्याउन दुई दिन लगाउनु पर्ने बाध्यता थियो । धुवाँरहित ग्याँस चुलो पाउँदा गाउँका सबै हर्षित भएका छौँ।’

एक बर्षअघि घरदैलो अभियान कार्यक्रम अन्तरगत लापु र लह गाउँमा जादाँ त्यस क्षेत्रका नागरिकले आफुहरुको जंगल नभएको र दाउराको समस्या प्रमुख भएको जनगुनासो गरेपछि स्थानीय नागरिकलाई सिहंदरबारको अधिकार गाउँमा आएको अनुभुति दिलाउन दाउरा नपाउने घरधुरीका स्थानीयलाई ग्याँस चुलो वितरण गरी सहयोग गरेको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले बताए ।

उनका अनुसार गरिबसँग नगर प्रमुख कार्यक्रम अन्तरगत दाउरा नपाउने दुई गाउँ लापु र लहमा ६ लाख बराबरका ५७ वटा ग्याँस ,चुलो सहयोग गरेकाे नगर प्रमुख शाहीको भनाई छ ।

आईतबार ग्याँस चुलो हस्तान्तण कार्यक्रममा बोल्दै नगरप्रमुख शाहीले नागरिकका समस्यालाई एकै साथ समाधान गर्न नसकिने बताए । उनका अनुसार क्रमिक रूपमा समस्या समाधान गर्ने तर्फ आफु लागी परेको र यस्ता कार्यक्रम अन्य गाउँमा पनि लागु गर्ने बताए ।

उनले स्थानीयलाई धैर्य गर्न अनुरोध गर्दै समयसमयमा यसरी नै गाउँमा घरदैलो गर्न आइरहने र समस्या समाधानको लागि छायाँनाथ रारा नगरपालिकाले काम गर्ने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *