राजधानीमा चिनियाँ ठगहरुको विगविगी, एकै दिन ९७ जना पक्राउ

डिसी नेपाल
७ पुष २०७६ १९:२५

काठमाडौं । काठमाडौंबाट प्रहरीले ९७ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । अवैध गतिविधिमा संलग्न भएको आशंकामा उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर काठमाडौंको बुढानीलकण्ठ, महाराजगञ्ज र मनमैजु पक्राउ गरेको प्रहरीले बताएको छ ।

काठमाडौंका विभिन्न क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । पक्राउ पर्ने चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेर विभिन्न होटल तथा आईटीमा काम गरिरहेको पाइएको छ ।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानमा ठुला घरहरुलाई भाडामा लिएर एउटै घरमा २५ देखि ३० जना सम्म बसेर अवैध काम गरिरहेको पाइएको छ ।

बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले दिएको छ ।
प्रहरीले बाँसबारीमा रहेका तीनओटा शंकास्पद घरहररूमा आकस्मिक रुपमा छापा मार्दा चिनियाँ नागरिक तथा उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

प्रहरीको संयुक्त टोलीले सोमबार दिउँसो विशेष सूचनाको आधारमा छापा मारेको थियो । ती घरहरुमा शंकास्पद विदेशी नागरिकहरु भएको सूचनाको आधारमा प्रहरीले छापा मारेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई वित्तीय अपराधमा सलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *