८ करोडको पोथी कुकुर हरायो, भेट्टाउनेलाई १ लाख पुरस्कार
बैंगलोर। भारतको बैंगलोर शहरमा अलास्कन मलामुट प्रजातिको पोथी कुकुर अहिले चर्चामा छ । हनुमंतनगर पुलिसले बताएअनुसार एक व्यक्तिले कुकुर बेपत्ता भएको रिपोर्ट लेखाएका छन् । कुकुरका मालिकका अनुसार कुकुरको मूल्य ८ करोड भारतीय रुपैयाँ पर्छ । यसलाई भेट्टाउनेलाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।
पुलिसका अनुसार चेतन एन नामका व्यक्तिले रिपोर्ट लेखाएका हुन् । चेतनका अनुसार उनले यो कुकुर चीनबाट किनेर ल्याएका थिए । चेतनले एक सम्झौताअनुसार यो कुकुरलाई दक्षिण बेंगलोरमा बस्ने सौम्यालाई दिएका थिए । सौम्यासँगबाट कुकुर हराएको हो । चेतनका अनुसार सौम्याले एक सम्झौताअनुसार कुकुर लिएर गएकी थिइन् ।
कुकुरले बच्चा जन्माएपछि सौम्याले एउटा बच्चा आफूसँग राखेर बाँकी बच्चासहित माउ कुकुर चेतनलाई फिर्ता दिने सम्झौता थियो। सौम्याको परिवारले शर्त मानेका थिए त्यही कारण उनले सौम्यालाई कुकुर दिएका थिए । यसको एउटा बच्चाको मूल्य २ लाख भन्दा बढी हुन्छ ।
Facebook Comment