आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढ्यो
काठमाडौं । आज पुस ८ गते मंगलबार अमेरिकी डलरसहित केही देशको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ३६ पैसा र बिक्रिदर १४८ रुपैयाँ १४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ५ पैसा रहेको छ ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ८५पैसा रहेको छ।
Facebook Comment