‘आइसी डिजाइनर रनवे’का लागि मोडलको खोज

डिसी नेपाल
८ पुष २०७६ १८:४६

काठमाडौं । विगत ९ बर्षदेखि नियमित आयोजना हुँदै आएको नेपालको उत्कृष्ट फेसन सो ‘आइसी डिजाइनर रनवे’ आगामी चैत्र ८ गते आयोजना हुँदैन।

होटल हायात रिजेन्सीमा आयोजना हुने उक्त फेसन शोका लागि मोडल छान्ने उदेश्यले ‘आइससी डिजाइनर रनवे अडिसन’ समेत आयोजना हुने भएको छ। आगामी १२ गते शनिबार दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा आयोजना हने अडिसनका लागि आवेदन समेत खुल्ला गरिएको छ । जसमा ५ फिट ६ इन्च उचाही भएका १८ बर्षदेखि २६ बर्षसम्मका महिला मोडलले आवेदन भर्न सक्नेछन्।

आवेदन फारम नेक्स्ट मोडल्स नेपालको कार्यालय कालीमाटी, आइसी डिजाइनर बागबजार र चन्डोलबाट उपलब्ध हुनेछन्। अडिसनबाट उत्कृष्ट २३ मोडलको छनौट गरिनेछ । अडिसनबाट छानिएका मोडलले मात्र फेसन शोमा सहभागीता जनाउन पाउने शोको मानेजमेन्टको जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।

पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, बरिष्ठ फोटोग्राफर राजभाई सुवाल, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत अडिसनको निर्णायकमा रहनेछन् ।

अडिसनबाट छनौट भएका मोडललाई भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरको कोरियोग्राफीमा अहिलेसम्मकै फरक तरिकाले र्याम्पमा उतारिनेछ । फेसन शोमा ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर मोडल मार्फत र्याम्पमा प्रस्तुत हुनेछ ।

‘आइसी डिजाइनर रनवे’को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *