राजदूत सुन्दासले दिए बहराइनका पर्यटनमन्त्रीलाई नेपाल भ्रमण वर्षको निम्तो

डिसी नेपाल
९ पुष २०७६ ११:५८

मान्मा ।  बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले यहाँका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीसँग भेटघाट गरेका छन् ।

मन्त्री जायनीसँगको भेटमा राजदूत सुन्दासले नेपालमा आयोजना हुन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन समारोहमा उपस्थित हुन पर्यटनमन्त्री योगेश भट्टराईद्धारा पठाइएको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए।

भेटमा मन्त्री जायनीले निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरे। उनले नेपालको सुन्दरताको विषयमा धेरै व्यक्तिबाट प्रशंसा सुनेको जनाउँदै आफू र आफ्नो परिवारको नेपाल भ्रमणमा उत्कट अभिलाषा रहेको बताएको  राजदूतावासले जनाएको छ।

उनले नेपाल भ्रमण वर्षको अवसरमा बहराइनमा राजदूतावासले आयोजना गर्नै कार्यक्रममा सहभागी हुने जानकारीसमेत दिए।

राजदूत सुन्दासले पर्यटन तथा व्यापार प्रवद्र्धन गर्न दुईदेशबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *