प्रहरी चौकी बनाउनका लागि ८० बर्षिया महिलाबाट जग्गा दान

डिसी नेपाल
९ पुष २०७६ १६:३७

पर्वत । पर्वतमा एक जना ८० बर्षिया वृद्धाले प्रहरी चौकीको स्थापनाका लागि २ लाख ५० हजार मूल्य बराबरको जग्गा दान गर्नु भएको छ । बिहादी गाँउपालिका वडा नं. ३ बस्ने सुमित्रा क्षेत्रीले आफ्नो नाममा रेहेको उक्कत जग्गा प्रहरीलाई दान गरेकी हुँन ।

समाजमा शान्ति सुरक्षाको प्रत्याभुतिकोलागि प्रहरीको भुमिका अहम रहने र प्रहरी बिना समाजको कल्पना समेत गर्न नसकिने हुँदा उक्त सहयोग गरेको बताउदै समाजसेवी क्षेत्रीले आफ्नो नाममा रहेको अन्दाजी २,५०,००० बराबरको (०–३–१–० क्षेत्रफल) जग्गा दान गरेको पर्वत प्रहरीले जनाएको छ । जग्गाको लालपूर्जा ग्रहण गर्दै प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले उक्त सहयोगले समुदाय र प्रहरीको अन्तर सम्वन्ध समेत प्रष्ट हुने र यस्तो सहयोगले प्रहरीले समाजको हितको लागि गर्ने कार्यमा थप मनोवल प्रदान गरेको बताएका छन्

जिल्ला प्रहरी कार्यालय पर्वत मातहतको प्रहरी चौकी रानीपानीको आफ्नो नाममा जग्गा नभई विगत लामो समय देखि भाडामा बस्दै आएको थियो । सुविधा सम्पन्न भवन निर्माण गर्नको लागि स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, नागरिक समाज र जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाे विशेष पहलमा उनले उक्त जग्गा प्रहरीलाई दान गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *