राप्रपालाई वैकल्पिक शक्ति बनाउँछौँ : थापा

डिसी नेपाल
९ पुष २०७६ २२:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गराइने बताएका छन् । हेटौँडामा पार्टी जिल्ला समितिद्वारा बुधबार आयोजित विस्तारित बैठकमा अध्यक्ष थापाले धर्म, संस्कृति र गौरवशाली पहिचानको रक्षा, संरक्षण र सम्बद्र्ध्नका साथ मुलुकलाई सबल र समृद्धिको मार्गमा डो्याउँदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गरे । आफ्नो धर्म, संस्कृति र पहिचानका पक्षमा बोल्दा कुनै हीनताबोध राख्नु आवश्यक छैन भन्दै अध्यक्ष थापाले उच्च मनोबलका साथ पार्टीको फरक र मौलिक विचार जनतासमक्ष लैजान कार्यकर्तालाई आग्रह गरे ।

एनसेल, बालुवाटार जग्गा, वाइडबडी, गोकर्ण रिसोर्ट, सुन काण्ड जस्ता भ्रष्टाचार काण्डको जवाफ जनताले एक दिन खोज्ने अध्यक्ष थापाको भनाइ थियो । जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सहमहामन्त्री दीपक सिंह, केन्द्रीय सदस्य, जिल्ला, क्षेत्र र नगरका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका प्रमुखहरुले आआफ्नो धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *