सूर्यग्रहणमा अन्धविश्वासको हद पार, बच्चालाई जिउँदै गाडियो

डिसी नेपाल
१० पुष २०७६ १२:३१

काठमाडौं। २०१९ सालको अन्तिम सूर्यग्रहण नेपालमा समाप्त भइसकेको छ । भारतलगायत मध्यपूर्वका देशहरुमा भने अझै केही घण्टा ग्रहण देखिनेछ । विभिन्न ठाउँबाट ग्रहणका अद्भूत दृश्यहरु देखिए । यही बीचमा सूर्यग्रहणका विषयमा अन्धविश्वासका केही दुर्भाग्यपूर्ण घटना पनि बाहिरिएका छन् ।

यस्तै एउटा मान्यताको कारण दुखद घटना भारतको कर्नाटक राज्यको गुलबर्गामा भएको छ । यहाँका स्थानीयले जिउँदै बालबालिकालाई जमिनमा गाडेका छन् । यहाँ यस्तो मान्यता छ कि ग्रहणका बेला अपांग बच्चालाई घाँटीसम्म जमिनमा गाड्ने हो भने उनीहरुको अपांगता ठिक हुन्छ । यसरी गाडिएका बालबालिकाको तस्वीर सार्वजनिक भएको छ । फोटोमा प्रस्ट देखिएको छ कि बालबालिकाको शरीरलाई घाँटीसम्म जमिनमा गाडिएको छ र उनीहरुको टाउको मात्र बाहिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *