वडा कार्यालयद्वारा बृद्ध/बृद्धलाई जुत्ता सहयोग

डिसी नेपाल
१० पुष २०७६ १४:३८

मुगु। छायाँनाथ रारा नगरपालिका–७ ले बुधवार वडा भित्रका साठी बर्ष भन्दा माथिका १ सय ४ जना बृद्ध बृद्धलाई जुत्ता वितरण गरेको छ। छायाँनाथ रारा नगरपालिकाद्वारा विनियोजित ४५ लाखको रकमबाट जुत्ता निः शुल्क वितरण गरिएको ७ नम्बरको वडा कार्यालयले जनाएको छ।

कार्यक्रममा वडा भित्रका ९ जना बिरामीलाई जनही ५ हजारका दरले ४५ हजार र पिनाबर्थिङ सेन्टरमा सुत्केरी भएका ९ जना महिलालाई २ पोका तेल १३ सय रुपैयाँ उपलब्ध गराएको थियो। आफ्नै घरमा सुत्केरी भएकी ७ जना महिलालाई १ हजारका दरले रकम उपलब्ध गराइएको वडाध्यक्ष हरिचन्द्र शाहीले जानकारी दिए।

नेपाली कांग्रेस ७ वडाका सभापति राजबहादुर शाही वडाले गरेका राम्रा काममा आफ्नो पार्टीको सधैं सहयोग रहने बताए। यसै गरी पूर्व गाविस अध्यक्ष टक्कबहादुर मल्लले थोरै भए पनि जाडो मौसममा आफूहरुलाई राहतको महशुस भएको बताए।

रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहनीले वडाले थोरै भएपनि बृद्ध बद्धाको मनमा मलम लगाउने काम गरेको जनाए। पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष विनोदकुमार मल्लले बृद्ध बद्धाको सम्मान गरेको बताउँदै आगामी दिनमा वडाको विकासको लागि अझै रचनात्मक काममा जोड पर्ने बताए।

छायाँनाथ रारा नगरपालिका वडा नं ७ का वडाध्यक्ष हरिचन्द्र शाहीले वडाको विकासको लागि आगामी दिनमा अझै रचनात्मक काममा जोड दिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *