मैले काम गर्ने ठाँउमा विधि बनाउछु, थिति बसाल्छु : राज्यमन्त्री रावत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मन्त्रालयबाट प्रदान गरिने सेवा सुविधाहरु देशै भरी समान रुपले गरिने बताएका छन् । विहिबार कर्णालीका पत्रकारहरु संग परिचयात्मक भेटघाट गर्दै मन्त्री रावतले मन्त्रालय थितिमा नचलेको कारण थुप्रै समस्याहरु आफुले फेस गरिरहेको बताएका छन् ।
उनले भने, ‘हामी जुन ठाँउमा छौं तेही ठाउँबाटै सुधारको सुरुवात गर्नु पर्छ । स्वास्थ्य मन्त्रालयमा फोहोरको डंगुर भयो भने ठिक हुदैन । मलाई अर्को पटक टिकट नमिल्ला कि भन्ने डर छैन् । तर, मैले काम गर्ने हरेक ठाउँमा विधि बनाउछु थिति बसाल्छु ।’
स्वास्थ्य राज्यमन्त्री रावतले मन्त्रालयलाई स्वस्थ बनाउन सुरु भएको पनि बताए । यसअघि मन्त्रालय विधि र थितिमा नचलेकोले थुप्रै समस्याहरु भएको बताए । ‘मन्त्रालय थितिले चलेको छैन । परिस्थिति बुझियो अब त्यही अनुसार काम गर्छौ’, उनले भने ।
अहिले मन्त्रालयमा कर्मचारी समयमा नआउने, दिउँसै घर जाने, कार्यालय पोशाक प्रयोग नगर्ने लगायत स्वास्थ्यकर्मी समायोजनकै समस्या रहेको उनले औंल्याए ।
Facebook Comment