सुर्य नेपाल गल्फको उपाधि शिवरामलाई

डिसी नेपाल
१० पुष २०७६ २१:५२

काठमाडौं । पुर्व नेपाल नम्वर वान शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहिबार शुक्र बहादुर राईलाई पछि पार्दै शिवरामले उपाधि जितेका हुन् ।

शिवरामले ७२ होलमा कुल १४ अण्डर २ सय ७४ स्कोर बनाए । उनले हालै मात्र प्रो बनेका शुक्रमाथि १५ सटको जित निकाले । हालै प्रोफेसनल खेलाडीमा बढुवा भएका शुक्रले कुल एक ओभर २ सय ८९ स्कोर बनाए । रबी खड्काले ३ ओभर २ सय ९१ स्कोरसहित तेस्रो स्थान हासिल गरे ।

धन बहादुर थापा चौंथो भए । हालका नेवाल नम्व वान भुवन नगरकोटी पाँचौ र रामे मगर छैटौं भए । दिपक मगर सातौं, संजय लामा आठौं, टंक बहादुर कार्की र बिपिन तामाङ नवौं तथा जयराम श्रेष्ठ शीर्ष १० मा अटाए । यस सँगै शिवरामले करियरको ४५ औं उपाधि हात पारे । उपाधिसँगै शिवरामले १ लाख २५ हजार नगद पुरस्कार हात पारे ।

दोस्रो भएका शुक्रले ८० हजार तथा तेस्रो भएका रबीले ५८ हजार प्राप्त गरे । चौथो भएका भन बहादुरले ४७ हजार पाए । भुवनले ४० हजार पाए । रामे मगरले ३६ हजार, भेट्रान प्रो दीपक थापा मगरले ३३ हजार, सन्जय लामाले ३० हजार र टंक, विपीन तामाङ र जयराम श्रेष्ठले २६ हजार १ सय ६७ रुपैया पाए । एम्योच्योरतर्फ १३औं सागको दोहोरो स्वर्णधारी सुवास तामाङले उपाधि जिते । उनले १४ ओभर ३ सय २ स्कोर गरे ।

रितेश तामाङ दोस्रो भए । बिहीबार फाइनल राउन्डमा १८ होलमा प्रोका २१ र चार एम्योच्योरले प्रतिस्पर्धा गरेका थिए । विजयी टोलीलाई सुर्य नेपाल प्रालका ब्रान्ड म्यानेजर केशव प्रधान र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना तथा सुर्य नेपालको प्रायोजनमा भएको तीन दिने प्रतियोगितामा प्रो तर्फ ४३ जना र एम्योच्योरका ४ गरी ४७ गल्फरले प्रतिस्पर्धा गरेका थिए । अब सुर्य नेपाल इस्टर्न ओपन २१ देखि २४ जनवरीसम्म धरानमा तथा सुर्य नेपाल वेस्टर्न ओपन १२ देखि १५ फेब्रुअरीमा पोखरामा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *