सलमानको जीवनमा आएका ती महिलाहरु जसले उनलाई बलिउडका ‘सुल्तान’ बनाए
मुम्बइ। सलमान खानको कैयौं महिलाहरु आए र गए । उनले मिस युनिभर्स, मिस वर्ल्डदेखि मोडलहरुसँग डेट गरे तर बिहे कहिल्यै गरेनन् । सलमान आफैं मान्छन् कि उनी राम्रो पिता बन्न सक्छन् तर राम्रो पनि शायद बन्न सक्दैनन् । उनले मन देखि प्रेम गरे र त्यस बीचमा आउने विवादको कहिल्यै पर्वाह गरेनन् । न उनले आफ्ना सम्बन्धलाई कहिल्यै लुकाए ।
कैयौं महिलाहरुसँग उनको माया र घृणाको सम्बन्ध रह्यो यद्यपि उनको जीवनमा केही महिलाहरु यस्ता छन् जसको लागि सलमानको मनमा केवल प्रेम छ । सलमानका सफलताको एउटा ठूलो रहस्य यो पनि हो कि मानिसहरु उनलाई एक आदर्श छोराको रुपमा पनि हेर्छन् । उनी पारिवारिक व्यक्ति हुन् । उनको लागि उनको परिवार सबैभन्दा ठूलो प्राथमिकता हो । उनी हरेक पर्व र उत्सव धुमधामसँग मनाउँछन् । दीवाली, गणेश चतुर्थी वा र्यद सलमानको लागि सबैको उत्तिकै महत्व छ ।
सलमान आफ्नो परिवारलाई सबैभन्दा धेरै प्राथमिकता दिन्छन् । सलमान आफ्नी बहिनी अलविराको पनि निकै नजिक छन् । यसका अलावा उनी आफ्नी आमासँग अन्तरवार्तामा पनि आएका छन् । सलमान आफ्नी आमालाई हरेक कुरामा सहज मान्छन् । परिवारमा आमाले जटिल कुरालाई पनि सहज बनाइदिने सलमानको मान्यता छ । सलमानले आफ्नी आमा र बहिनीहरुबाट निकै प्रेरणा पाउँछन् ।
Facebook Comment