सलमानको जीवनको त्यो कठिन समय जतिबेला उनलाई ‘कैदी नम्बर ३४३’ भनिन्थ्यो
मुम्बइ। सलमान खान सानैदेखि आफ्ना मातापिताका प्रिय रहे । यो कुरा सलमानले एक टिभी शोमा स्वयं स्वीकार गरेका थिए कि सानोमा उनी निकै चकचके थिए । सलमान आफ्नी आमा सलमासँगै पिता सलीमसँग पनि अत्यन्तै निकट छन् । यी बाबुछोराको जोडी हरेक मुश्किल समयमा एक अर्काको साथमा उभिएका देखिन्छन् ।
सलीम खानले छोरा सलमानलाई हरेक मुस्किल घडीमा साथ दिएका छन् र सधैं उनको शक्ति बनेर उभिएका छन् । सलमान खानमाथि धेरै केस छन् जसका कारण उनी जेल पनि गइसकेका छन् । सलमान खान जेलमा रहँदा उनको परिवारमा निकै चिन्ताको माहोल थियो । सलीम खानले एक अन्तरवार्तामा जब सलमान हिट एण्ड रन केस र कालो हरिण केसमा जेल गएका थिए त्यतिबेला परिवारको हाल कस्तो थियो भनेर बताएका थिए ।
सलीम खानले नीलेश मिश्राको च्याट शो द स्लो इन्टरभ्यूमा आफ्नो करिअर, परिवार र सलमान खानको बारेमा कुरा गरेका थिए । यो अन्तरवार्तामा सलीम खानले सलमानलाई हिट एण्ड रन केसमा १८ दिन जेल सजाय भएको बताएका थिए । सलमान मुम्बइको ठाणे जेलमा थिए । सलीमले भने ‘कुनै कानुनमा लेखिएको हुँदैन कि यदि आमा वा बाबुलाई गाह्रो हुन्छ भने छोरालाई सजाय दिइँदैन । त्यतिबेला हामी परिवारमा पानी पिउँदा पनि नराम्रो लाग्थ्यो, एसी चलाउँदा पनि नराम्रो लाग्थ्यो । हामी हरेक समय यही सोच्थ्यौं कि जेलमा सलमान कस्तो होला ?’
सलीमले अगाडि भने ‘सलमानको नाम जेलमा कैदी नम्बर ३४३ राखिएको थियो । म एक पटक सलमानलाई भेट्न जोधपुर जेल गएको थिएँ । त्यहाँ पटक पटक कैदी नम्बर ३४३ लाई यहाँ ल्याउ, त्यहाँ लैजाउ यस्तो गर उस्तो गर । मैले सोचें कि यो ३४३ के हो ? केही बेरमा ३४३ आयो । जब मैले फर्केर हेरें ३४३ त सलमान थियो । उसको दाह्री बढेको थियो र कपाल भुत्लिएको थियो । ऊ आयो केहीबेर बस्यो र आमालाई नरुनु भन्यो । ऊ गएपछि आमा सलमा निकै रोएकी थिइन् ।’
Facebook Comment