विदेश जाने कामदारले ‘भिजिट नेपाल २०२०’को लोगो छापिएको टिर्सट र क्याप अनिवार्य लगाउनु पर्ने

डिसी नेपाल
११ पुष २०७६ १२:४६

काठमाडौं । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’नजिकिदै गर्दा देशमा पर्यटक भित्र्याउने चहलपहल बढ्दो छ । देश तथा विदेशमा रहेका नेपाली संघ संस्था, तथा कम्पनीहरूले आफ्नो तर्फबाट भ्रमण वर्ष ब्यापक बनाउन र देश विदेशमा आफ्नो देशको पर्यटकीय गन्तव्य चिनाउन विभिन्न प्रयासहरू गरिरहेका छन्।

यसैबीचमा पर्यटन वर्ष सुरु हुनै लाग्दा यसैलाई लक्षित गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालबाट वैदेशिक रोजागारीमा जाने कामदारहरुलाई अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष ‘भिजिट नेपाल २०२०’को लोगो छापिएको टिर्सट वा क्याप लगाउन निर्दैशन दिएको छ।

‘भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने कामदारलाई अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष २०२० को लोगोअंकित टिसर्ट वा क्याप उपलब्ध गराउन अनुरोध गरिएको संघका अध्यक्ष विष्णु गैरेले डिसी नेपाललाई जानकारी दिए ।

त्यस्तै इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले आ-आफ्नो कार्यालयमा भ्रमण वर्ष २०२० को लोगो राख्नुको साथै कम्पनीको कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड, व्यवसायीको इमेल लगायतका अफिसियल सामग्रीमा नेपाल भ्रमण वर्षको लोगो राख्ने संघले निर्णय गरेको छ। संघले दशरथ रंगशालामा हुने भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा १०० जनाको मार्च पाससमेत गर्न लागेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *