सलमान खानलाई जन्मदिनको विशेष उपहार ‘भान्जी’
मुम्बइ। बलिउड सुपरस्टार सलमान खानले आज आफ्नो ५४ औं जन्मदिन मनाइरहेका छन् । यो जन्मदिनको उपहारमा सलमान खानले बहिनी अर्पिताबाट विशेष उपहार पाएका छन् । उनकी बहिनी अर्पिताले आजै छोरीलाई जन्म दिएकी छिन् । अब अर्को वर्षदेखि सलमानको मात्र होइन त्यही दिन उनकी भान्जीको पनि जन्मदिन मनाइनेछ ।
यी छोरी अर्पिताकी दोस्रो सन्तान हुन् । यसअघि उनका एक छोरा छन् । उनका छोराको नाम आहिल शर्मा हो । लमान र आहिल पनि निकै नजिक छन् । केही दिनअघि सलमानले आफ्नो जन्मदिन योजनाबारे कुरा गर्दै भनेका थिए ‘मेरो जन्मदिनमा कुनै विशेष योजना छैन । मेरी बहिनी गर्भवती छिन् र म सबै समय उनलाई दिन्छु ।’ आज सलमानलाई जन्मदिनमा धेरै उपहारहरु आए होलान् तर बहिनी अर्पिताले दिएको जत्तिको मूल्यवान उपहार अरु कुनै नभएकोमा दुई मत छैन ।
Facebook Comment