१० खेलाडीमा सिमित पुलिसको जित, सरस्वतीको तेस्रो हार

डिसी नेपाल
११ पुष २०७६ १७:२४

काठमाडौं । नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा अन्जन राई दाहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा पुलिस १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस लिगको सातौं स्थानमा रहेको छ ।

सरस्वतीको यो लगातार तेस्रो हार हो । अंक विहीन सरस्वती लिगको पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *