दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई सस्तैमा समेट्यो, पहिलो इनिङमा १०३ रनको अग्रता
काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको इङल्याण्ड पहिलो इनिंगमा १८१ रनमा अल आउट भएको छ । यससँगै दक्षिण अफ्रीकाले पहिलो इनिंगमा १०३ रनको अग्रता लिएको छ ।
इङल्याण्डले खेलको दोस्रो दिन १८१ रन बनाउदा अलआउट भएको छ । इङल्याण्डक लागि जोय डेनलीले सर्वाधिक ५० रन बनाए भने बेन स्टोकले ३५ रन बनाए । त्यस्तै कप्तान जोय रुटले २९, साम कुरानले २० र जस बटलरले १२ रन बनाए ।
दक्षिण अफ्रिकाका बलर भेरनोन फिलान्ददरले ४ विकेट लिए भने कागीसो रबाडाले ३ विकेट लिए । त्यस्तै एनरिच नोर्टजेले २ विकेट लिए भने ड्वाने प्रेटोरिउसले एक विकेट लिए । यस अघि पहिलो इनिंगमा दक्षि अफ्रीकाले पहिलो इनिंगमा २८४ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि क्वेंटन डिककले सर्वाधिक ९५ रन बनाए भने जुबयर हाम्जाले ३९ रन बनाए । त्यस्तै ड्वाने प्रेटोरियसले ३३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले २९ रन बनाए । त्यसैगरी भेमोन फिलान्दरले २८ तथा एडेन मार्क्रमले २० रन बनाए ।
इङल्याण्डका बलर साम कुरान र स्टुअर्ट बोर्डले ४-४ विकेट लिएका थिए । त्यस्तै जेम्स एन्डरसन र जोफ्रा आर्चरले एक एक विकेट लिए ।
Facebook Comment