कुशल पंजाबीले आत्महत्या गर्दा रोहित रोयले किन माफी मागे ?
मुम्बइ। अभिनेता कुशल पंजाबीले अचानक आत्महत्या गरेपछि यसले कलाकारहरुलाई दुखित बनाएको छ । कुशलका साथीहरु उनको मृत्युले निकै दुखी छन् । अभिनेता रोहित रोयलाई गहिरो धक्का लागेको छ । उनले सामाजिक संजालमा आफू कुशलको ाथ हुन नसकेकोमा माफी मागेका छन् ।
रोहितले लेखेका छन् ‘कसले सोचेको थियो होला त्यो उज्यालो मुस्कानको पछाडि एक तनावग्रस्त दिमाग थियो । जब तिमीलाई हाम्रो सबैभन्दा धेरै आवश्यकता थियो त्यतिबेला हामी तिम्रो साथमा भएनौं । त्यसको लागि सरी कुशल । रेट इन पीस माइ ब्रदर । म अहिले दुखमा छु । म त्यो पीडालाई बुझ्न सक्दिन जो तिमीले महसुस गर्यौ र जसको कारणले तिमीले यस्तो गर्यौ ।’
प्रतिक्रिया
Facebook Comment