लगानी लुम्बिनीमा, समृद्धि देशमा
रुपन्देही । जलविद्युतमा लगानीसम्बन्धी नीति तयार नुहँदा लगानीमा अन्योल देखिएको छ । नेपाल धितोपत्र बोर्डका निर्देशक नारायणप्रसाद शर्माले १६ जलविद्युत् कम्पनीको शेयर १ सय भन्दा तल झरेको जानकारी दिए ।
बुटवल उद्योग वाणिज्य संघद्वारा आयोजित २०औँ संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को कार्यक्रममा उनले जलविद्युत् क्षेत्रमा लगानी बढाउन लगानीमैत्री नीति बनाउन आग्रह गरे ।
‘पूँजीबजारसम्बन्धी सचेतना तथा अन्तक्र्रिया’ कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद ओझाले शेयरमा लगानी गर्न चाहनेले लगानी सुरक्षा र कारोवार सबै कुरा बुझेर मात्रै लगानी गर्नुपर्ने सुझाव दिए ।
पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक सञ्जय कलवार जयशवालले मेलाका माध्यमबाट आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।
Facebook Comment