भारतीय गायिका आशा भोस्लेले झुमाइन नेपाली दर्शक
काठमाडौं । भारतीय चर्चित गायिका आशा भोस्लेले काठमाडौंको सोल्टी होटलमा नेपाली दर्शकहरुलाई झुमाएकी छन् । ८० हिउँद र बर्षा पार गरेकी भोस्लेको आवाजले नेपाली संगीत प्रेमीलाई मोहित तुल्याइ रहेको थियो । मन्दमुग्द थिए नेपाली दर्शकहरु जव भोस्लेले प्रस्तुति दिइरहेकी थिइन्. ।
सोल्टी होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए ।
साधाना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए । भोस्लेले पनि गजमेरको सङ्गीतमा केही नेपाली गीतमा स्वर दिएकी छन्. ।
किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपकै गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गर्नुभयो । मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिएका थिए ।
करीब २० मिनेट गीत गाउँदा दर्शकदीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सियो । दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित भइन्। उनले हरे कृष्ण हरे राम बोलको हिन्दी गीत पनि गाएकी थिइन्। भोस्लेले नेपालमा आउँदा पाएको सम्मान स्मरणयोग्य रहेको बताइन् । उनले गजमेरलाई पटक–पटक कान्छा भनेर बोलाउँदा गजमेर निकै खुशी देखिन्थे। उनले नेपाली अतिथिको सम्मान र सत्कारमा सधैँ अघि रहने गरेको बताइन् ।
Facebook Comment