२०१९ मा बलिउडले गर्यो ५.५ हजार करोडको कारोबार तर ठूलो बजेटका यी ५ फिल्म फ्लप

डिसी नेपाल
१३ पुष २०७६ १०:१७

मुम्बइ। २०१९ मा हिन्दी बक्स अफिसमा २४६ फिल्महरु (हलिउड र अन्य भाषाका हिन्दी संस्करण समेत) रिलिज भए । यी सबै फिल्मले ५.५ हजार करोडको कारोबार गरे । यी २४६ फिल्ममध्ये केवल ३४ फिल्म मात्र सफल रहे । सफल फिल्मको प्रतिबत १३.८२ प्रतिशत मात्र रह्यो । ८६.१८ प्रतिशत फिल्म फ्लप भए । यी फ्लप फिल्ममा ५ फिल्म यस्ता छन् जो ठूलो लगानीमा बनेका थिए । ठूलो बजेटका यी ५ फिल्म दर्शकको कसौटीमा खरो उत्रिन सकेनन् ।

१. कलंक

बजेटः १३७ करोड रुपैयाँ

कमाइः ८० करोड रुपैयाँ

रिलिज मितिः १७ अप्रिल

निर्देशकः अभिषेक बर्मन

निर्माताः साजिद नाडियावाला, अपूर्वा मेहता, हीरु जौहर र करण जौहर

स्टारकास्टः संजय दत्त, माधुरी दीक्षित, वरुण धवन, आलिया भट्ट, आदित्य रोय कपूर र सोनाक्षी सिन्हा

२. पानीपत

बजेटः १०० करोड रुपैयाँ

कमाइः ३२ करोड रुपैयाँ

रिलिज मितिः ६ डिसेम्बर

निर्देशकः आशुतोष गोवारिकर

निर्माताः सुनिता गोवारिकर, रोहित शेलाटकर

स्टारकास्टः अर्जुन कपूर, संजय दत्त, कृति सेनन, मोहनीश बहल, पद्मिनी कोल्हापुरे र जीनत अमान

३. मणिकर्णिकाः द क्वीन अफ झाँसी

बजेटः ९९ करोड रुपैयाँ

कमाइः ९०.८१ करोड रुपैयाँ

रिलिज मितिः २५ जनवरी

निर्देशनः कंगना रनौट, कृष

निर्माताः जी स्टुडियो, कमल जैन

स्टारकास्टः कंगना रनौट, मोहम्मद जीशान, अतुल कुलकर्णी, सुरेश ओबरोय, जशू सेनगुप्ता, अंकिता लोखंडे र डेनी डेन्जोंगपा

४. पागलपंती

बजेटः ७२ करोड रुपैयाँ

कमाइः ३४ करोड रुपैयाँ

रिलिज मितिः २२ नोभेम्बर

निर्देशकः अनिश बजमी

निर्माताः भूषण कुमार, अभिषेक पाठक, कृष्ण कुमार र कुमार मंगत पाठक

स्टरकास्टः अनिल कपूर, जोन अब्राहम, इलियाना डिक्रुज, अरशद वारसी, उर्वशी रौतेला, पुलकित सम्राट, कृति खरबंदा र सौरभ शुक्ला

५. स्टुडेण्ड अफ द इयर २

बजेटः ६५ करोड रुपैयाँ

कमाइः ६५.७ करोड रुपैयाँ

रिलिज मितिः १० मे

निर्देशकः पुलिन मल्होत्रा

निर्माताः करण जौहर, अपूर्वा मेहता र हीरु जौहर

स्टारकाटः टाइगर श्राफ, तारा सुतारिया, अनन्या पाण्डे र आदित्य सील




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *