सभामुख चयन : बालुवाटार र खुमलटारबीच जुँगाको लडाइँ, शितल निवास पनि सक्रिय !

डिसी नेपाल
१४ पुष २०७६ ७:५५

काठमाडौं। सत्तारुढ नेकपा भित्र सभामुख चयनमा सकस भएको छ। पार्टीले निर्णय गर्न नसक्दा प्रतिनिधिसभासमेत प्रभावित हुँदै आएको छ।  नेकपाभित्र सभामुखका लागि बालुवाटार र खुलामबाटरबीच तानातान भएको छ। प्रधानमन्त्री केपी ओली संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन्।

अबको संसद पेचिलो हुने भन्दै अनुभवीलाई सभामुख बनाउनु पर्ने प्रधानमन्त्री ओलीको तर्क छ। नेम्वाङको नामप्रति अर्का अध्यक्ष प्रचण्डको पनि असहमति छैन। तर उनीमाथि पूर्व माओवादी पक्षबाटै सभामुख बनाउनु पर्ने दवाब छ।

प्रचण्डले पूर्व माओवादीका तर्फबाट अग्नि सापकोटालाई अगाडि सारेका छन्। तर पूर्व एमाले पक्षले भने पार्टी एकीकरण भइसकेपछि पूर्व एमाले र माओवादी भन्न नहुने तर्क गरेका छन्। यसअघि पूर्व एमालेलाई उपसभामुख र पूर्व माओवादीलाई सभामुख दिइएको थियो। त्यही आधारमा पूर्व माओवादीले सभामुख आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ। दुई अध्यक्षले आफ्नो अडान नछोड्दा नेकपाले सभामुखको उम्मेद्वार टुंगो लगाउन सकेको छैन।

पार्टीले सभामुखको उम्मेद्वार टुंगो लगाउन नसक्दा उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा दिने भनिएको भए पनि उनको राजीनामा आएको छैन। उनले सभामुखमा आफ्नो स्वाभाविक दाबी भए पनि पार्टी निर्णयमा बाधक नबन्ने बताएकी छन्।

राष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन आफ्नो तर्फबाट लबिङ गरेका कारण उनको राजीनामा नआएको स्रोतको भनाइ छ।

सभामुखको दाबेदारमा उपसभामुख शिवमाया तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र नेतृ पम्फा भुसाल पनि छन्। पूर्वमाओवादीले दाहाल निवास खुमलटार पुगेर अडान नछाड्न दबाब दिँदै आएका छन्। यता प्रधानमन्त्री निवास बालुटाटारमा पनि आफ्नै पक्षको अडान छ।

दुवै अध्यक्ष उपसभामुख तुम्बाहाम्फेलाई सभामुख बनाउन सहमत देखिएका छैनन्। नेकपा स्रोतका अनुसार दुवै अध्यक्ष आफूप्रति सकारात्मक नभएका कारण तुम्बाहाङ्फेले शुक्रबार उपसभामुखबाट राजीनामा दिएर सभामुख चयन प्रक्रियाका लागि बाटो खोलिदिने तयारी गरेकी थिइन्।

यद्यपि, राष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन आफ्नो तर्फबाट लबिङ गरेका कारण उनको राजीनामा नआएको स्रोतको भनाइ छ।

संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचन प्रक्रियाको कार्यतालिका तयार पारेको थियो। उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने र सभामुख निर्वाचन प्रक्रिया थालिने संसद् सचिवालयले जानकारी दिएको थियो। तर, अन्तिम अवस्थामा उपसभामुख तुम्वाहाम्फेको राजीनामा नआएपछि बैठक स्थगित गर्नुपरेको सचिवालय स्रोतले जनाएको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा गत असोजमा संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा मुछिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ। नेकपामा सभामुख कसलाई बनाउने भन्ने विषयमा विवाद छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *