कलियुगमा पनि हुन्छ भगवना विष्णुको दशौं अवतार
काठमाडौं। पृथ्वीमा पाप कर्म बढ्दा भने त्यसलाई नाश गर्न भगवानले अलग अलग अवतारमा जन्म लिएका छन्। सत्ययुगदेखि द्वापर युगसम्म पाप कर्मलाई नाश गर्न भगवान विष्णुले नौ वटा अवतार लिइसकेका छन्।
अब कलियुगमा पनि भगवान विष्णुले नयाँ अवतार लिने हिन्दु धर्मग्रन्धमा उल्लेख गरिएको छ। कलियुगमा भगवान विष्णुले कल्कि रुपमा धारण गरेर जन्म दिनेछन्। र यो उनको दशौं अवतार हुनेछ।
श्रीमद् भागवत गीताका अनुसार अधर्मको विनाश गर्दै धर्मको रक्षा गर्न भगवान विष्णु हरेक युगमा प्रटक हुन्छन्। पुराणहरुका अनुसार कलियुगमा पाप, अनैतिकता, लोभ, अधर्मले चरम रुपम लिएका हुन्छन्।
त्यस कारण फेरि धर्मको पुनस्थापना गर्नका लागि भगवान विष्णु नयाँ अवतारमा जन्म लिन्छन्। पुराणहरुका अनुसार भगवान कल्कि कलियुगको अन्तिम समयमा साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा जन्म लिन्छन्।
केही धार्मिक पुस्तकका अनुसार भगवान कल्कि भारतको उत्तर प्रदेशको मुरादाबाद जिल्लाको संभल नामक स्थानमा विष्णुयशा नाम गरेका एक ब्राम्हणको परिवारमा जन्म लिन्छन्। उनी सेतो घोडामा सवार भएर पापीको नाश गर्छन्। उनको जन्मोत्सवको अवसरमा प्रत्येक वर्ष साउन महिनाको शुक्ल पक्षमा कल्कि जयन्ती मनाइन्छ। उनी अधर्मको नाश गर्दै धर्मको प्रचार गर्छन्।
Facebook Comment