अजय देवगन भन्छन् – ‘सिंघम मानिसहरुलाई बलियो लाग्छ तर चुलबुल गर्छ’

डिसी नेपाल
१४ पुष २०७६ १०:४२

मुम्बइ। अजय देवगनले आफ्नो करिअरमा पुलिस अफिसरको भूमिकालाई फरक फरक शैलीमा पेश गरेका छन् । २००३ मा गंगाजल र २०११ मा सिंघममा उनको शैलीलाई दर्शकले निकै रुचाएका छन् । सिंघमलाई त यति मन पराइयो कि यसलाई फ्रेन्चाइजी नै बनाइयो । एक भारतीय दैनिकसँग कुरा गर्दै अजयले आफ्ना पुलि भूमिका र अरु पुलिस भूमिकाबीचमा फरक बताएका छन् ।

आफ्नो भूमिका सिंघम र सलमान खानको फिल्म दबंगको चुलबुल पाण्डेबीच फरक बताउँदै अजयले भने ‘सिंघमले मानिसहरुको दिमागमा बसेको पुलिस भूमिकालाई नष्याँ दृष्टिकोण दिएको छ । ऊ रबिनहुड पुलिस त होइन तर बलियो भूमिका हो । अर्कोतर्फ चुलबुल पाण्डेमा मनोरन्जनात्मक महत्व बढी छ । दर्शक ती पुलिस भूमिकालाई धेरै रुचाउँछन् जसले धेरै मनोरन्जन धेरै दिन्छ । यो फण्डामा चुलबुल पाण्डे फिट छन् । गंगाजलको पुलिस अफिसर अमित त पटक्कै मनोरन्जनात्मक छैन किनकि ऊ केही बढी नै स्ट्रेट फरवार्ड छ । यस किसिमका फिल्म चल्छन्, मानिसहरु अमितको तारिफ पनि गर्छन् तर अमित बन्न चाहँदैनन् । यो एउटा ठूलो फरक हो यी तीन भूमिकामा । सिंघम उनीहरुलाई निकै बलियो भूमिका लाग्छ तर चुलबुल मनोरन्जन दिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *