नेप्से सोमबार साढे पाँच अंङ्कले उकालो फर्किएयो

डिसी नेपाल
१४ पुष २०७६ १६:१९

काठमाडौं । आइतबार करिब पाँच अङ्कले ओरालोको यात्रा तय गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार भने साढे पाँच उकालो फर्किएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.५३ अङ्कले बढेर १ हजार १६७.९५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोवार रकममा वृद्धि भएको छ । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर बढेको छ । बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ । यस्तै व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार सोमबार नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको १० करोड ६ लाख २१ हजार ४ सय ४० बराबरको कारोवार भएको छ । शिवम् सिमेन्ट ५ करोड एक लाख ६८ हजार ४८, एबीएल डिबेन्चर ४ करोड ८७ लाख ५० हजार, एनएमबी बैंक २ करोड ५४ लाख १० हजार ३ सय ७० र साल्ट ट्रेडिङ कर्पोरेशनको २ करोड ४६ लाख ६५ हजार ९ सय ५२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार शिवम् सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एशियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शेयरधनीले ४.५९ प्रतिशतले कमाए ।

यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *