भारतसँग सीमा विवादबारे वार्ताका लागि मिति तय गर्दै सरकार

डिसी नेपाल
१४ पुष २०७६ १७:५४

काठमाडौं। परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताएका छन्।

मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सीमा समस्या सभाधानका लागि भारतसँग बैठक बस्न नयाँ मिति तोक्न लागेको जानकारी दिए। उनले नोभेम्बर २३ मा औपचारीक पत्र पठाई बैठक बस्न मिति दिएकोमा भारतले समस्याको अनुभुति र समाधानको तत्परता सहित जवाफ पठाएको भन्दै अब सरकारले नयाँ मिति तोक्न गृहकार्य सुरु गरेको जानकारी दिए।

मन्त्री ज्ञवालीले सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्ध विग्रिएको भन्ने बुझ्न नहुने समेत बताए। उनले सीमा विवाद कुटनीतिक तरिकाले समाधान गर्न भारत तत्पर रहेको समेत बताए। त्यस्तै मन्त्री ज्ञवाालीले आर्थिक वर्ष २०७५÷०७६ मा सरकारले दुवै छिमेकीहरुसँग सार्थक आर्थिक साझेदारीमा आधारित सम्बन्धलाई विकास गर्न र विश्वासको बलियो जग स्थापित गर्न सफल भएको बताए।

उनले नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई पुरा गर्न सरकार अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सफल भएको समेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *