सेनेटरी प्याडको बजेट अर्को ठाउँमा प्रयोग नगर्न शिक्षामन्त्रीको चेतावनी

डिसी नेपाल
१४ पुष २०७६ १८:१२

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनेटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन्।

सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनेटरी प्याड वितरण कार्यक्रमको सुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गरे। सेनेटरी प्याडको अभावमा छात्राहरुको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन्।

‘सेनेटरी प्याडकै कारणले छात्राहरुको पढाई छुट्यो भन्ने कुरा सुन्नु नपरोस। हर हालतमा गुणात्मक शिक्षाको प्रत्याभूति गर्नैपर्छ त्यसकै लागि राज्यले यो कार्यक्रम ल्याएको हो’, उनले भने।

मन्त्री पोखरलेले कार्यक्रम कार्यन्वयन गर्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने तर्फपनि ध्यान दिन आग्रह गरेका छन्। एउटा पालिकले अर्को पालिकासँग मिलेर हुन्छ वा नीजि क्षेत्र, यो क्षेत्रमा काम गर्ने सहकारी संस्थाहरुको बीचमा पनि साझेदारीको रुपमा लैजान सके यो दिगो र टिकाउन हुने उनले बताए। मन्त्रालयले बनाएको मापदण्डभित्र रहेर उत्पादन गर्न आग्रह गर्दै मन्त्री पोखरेलले गुणात्मक रुपमा एकरति पनि कमि हुन नहुने बताए।

नेपालका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट सुभारम्भ गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *