बीआरआई भनेको चीनको रेल र सडकमात्र होइन : डा महत

डिसी नेपाल
१४ पुष २०७६ १९:०९

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ सरकारको रोड एण्ड बेल्ट इन्सियटिभ (बीआरआई) आयोजनाबाट बढी भन्दा बढी लाभलिने योजनाहरु हामीले बनाउनुपर्ने बताएका छन्।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा डा. महतले भने, ‘बीआरआई विशाल आयोजना हो, यसबाट नेपाल पनि बढीभन्दा बढी लाभान्वित हुनुपर्छ र नेपालको आफ्नो आवश्यकता बमोजिमको मोडालिटी बनाएर लाभ लिने हामीले नै हो।’

पूर्वमन्त्री डा. महतले तर पनि नेपालमा बीआरआई भनेको रेल र सडक मात्र हो भन्ने बुझाई रहेको बताउँदै यो मानसिकताबाट पर गएर हामीले यस आयोजनामार्फत बढी भन्दा बढी लगानी भित्र्याउनुपर्ने बताए ।

‘हाम्रो अहिलेको पहिलो प्राथमिकता भनेको चीनबाट नेपालको कनेन्टिभिटीमा लगानी हो।’, डा महतले भने, ‘हुनत हामीलाई रेल पनि आवश्यक हो तर पनि अहिले नै रेल आयोजना लगानीका हिसाबले त्यति सान्दर्भिक नरहेकोले सडक सञ्जाल नै अहिलेको हाम्रो पहिलो आवश्यकता हो।’

यस्तै राष्ट्रिय आवश्यकताको पहिचान गरी यस आयोजनाअन्तर्गत पर्ने लगानी, व्यापार, कनेक्टिभिटीजस्ता क्षेत्रमा नेपाल सरकारले योजना बनाइ फाइदा लिन सक्नुपर्ने उनले बताए।

उनले आफू परराष्ट्रन्त्री भएको बेलामा यस आयोजनामा हस्ताक्षर गरेको स्मरण गर्दै भने, ‘उक्त आयोजनाको ड्राफ्ट चीन सरकारले हामीलाई पठायो, हामीले पनि नेपालको आफ्नो स्वार्थ, राष्ट्रिय आवश्यकता र प्राथमिकताको पहिचान गरेर चीनलाई संशोधन नोट पठायौँ र चीनलाई यस विषयमा ‘कन्भिन्स’ गरेपछि अनि सो आयोजनामा हस्ताक्षर गरिएको उनले बताए।’

यस आयोजनालाई नेपालले लाभ लिन सक्ने बनाउन र हाम्रो आफ्नो आवश्यकताको बारेमा राख्न आफूले उक्त आयोजनाको ड्राफ्टमा निकै मेहनेत गरेर काम गरेको उनले बताए।

डा. महतले भने, ‘वर्तमान सरकारले बिआरआइबाट के लाभ लिने भन्ने विषयमा नेपालमो दीर्घकालीन हितमा हुनेगरी चाँडै योजना बनाओस र यसबाट नेपालमा बढी भन्दा बढी लगानी भित्र्याओस्।’

चीनसँगको नेपाली काँग्रेसको सम्बन्ध राम्रो रहेको उनले बताए। उनले भने, ‘यो कुरा विपी कोइरालाले उतिबेलै बुझ्नुभएको थियो र चीनसँग त्यस समयमै राम्रो सम्बन्ध राख्नुभएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *