हरुवा चरुवाको मुक्तिको घोषणा हुन्छ – राज्य मन्त्री मण्डल
संजय महरा
सिरहा। सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाईलमा जिल्ला हरुवा चरुवा अधिकार मञ्च सिरहाको दोश्रो सम्मेलन जिल्ला हरुवा चरुवा अधिकार मञ्च सिरहाको आयोजना उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्रि सुरेश मण्डलको प्रमुख आतिथ्य र हरवा चरवा अधिकार मञ्च सिरहाको अध्यक्ष मो. कासिमको अध्यक्षतामा सम्मपन्न भएको हो।
हरुवा चरुवाको सम्मेलनमा सिरहा जिल्लाका गैरसरकारी संघ संस्थाहरु सामुदायिक विकास मञ्च लहान, भवानि एकीकृत विकास केन्द्र भवानिपुर, दलित विकास मञ्च सिरहा गोलबजार, दलित जनकल्याण यूवा क्लव लहान, समृद्ध फाउण्डेशन लहान र राष्टिय दलित नेटवर्क काठमाण्डौले सहयोगीको रुपमा रहेको थियो।
जिल्ला हरुवा चरुवा अधिकार मञ्च सिरहाको दोश्रो सम्मेलन जिल्ला हरुवा चरुवा अधिकार मञ्च सिरहाद्वारा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको सिरहा जिल्लाका ४ ख का प्रदेश नम्बर दुईका सांसद तथा उद्याेग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डले दासको अवशेषको रुपमा रहेको हरुवा चरुवालाई मुक्ति हुनुपर्ने धारणा राखेको छन्।
करिव एक लाखको हाराहारीमा रहेको हरुवा चरुवाको वास्तविक हरवा चरवाको तथ्याङ्क हुनुपर्छ त्यसपछि विश्लेष्णगरेर वास्तविक हरुवा चरुवालाई प्रदेश सरकारबाट मुक्तिको घोषणा गराउन आफनोतर्फबाट लागिपर्ने बताए।
राज्य मन्त्री मण्डले मधेश समृद्धीको लागि कुनै समुदाय तह तप्काहरुमाथिको विभेदको सिकार हुन्छभने त्यो मान्य नहुने धारणा समेत राखे। राज्य मन्त्री मण्डलले भने -म आफै जनजाति रहेकोले समस्या थाहा छ तर राज्यद्वारा विभेदमा परेको उत्पिडिनमा परेको समुदायहहरु एक हुन समेत आव्हान गरेको हो। एकता नभएसम्म मुक्ति सम्भव छैन।’
हरुवा चरुवाको दोश्रो सम्मेलनमा खुल्ला सत्रमा सिरहा जिल्लाभरका हरवा चरवाको हजारौंको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक बिकास मञ्च लहानका अध्यक्ष विनोद चौधरिले गरेको थियो। कार्यक्रममा दलित नेता तथा राष्टिय दलित नेटवर्क काठमाण्डौका अध्यक्ष गणेश वि.क. ले हरुवा चरुवाको दास्ताको रुपमा प्रदेश नम्बर दुईमा रहिरहनु लज्जास्पद रहेको र मधेशका नेता र पार्टीले हरवा चरवाको मुद्धालाई बेवास्ता गरेको दुखोसो पोखेका थिए।
Facebook Comment