हिउँले ढाकेको डाँडाको फेदमा उम्लिरहेको पानीको मूल फुट्यो, अण्डा उसिनेर खान थाले

डिसी नेपाल
१५ पुष २०७६ १०:०९

काठमाडौं। देशैभरी चिसो अत्याधिक बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा डाँडाहरु हिउँले ढाकेका छन् तराइमा हुस्सु र शीतलहर सुरु हुन थालेको छ । चारैतिर चिोको प्रकोप बढेको बेला नेपालको उच्च पहाडी क्षेत्रको जस्तै मौसम भएको भारतको उत्तराखण्ड राज्यमा भने आश्चर्य भएको छ । यहाँ पनि सबैतिर पहाडहरु हिउँले ढाकिएका छन् तर एउटा पहाडको फेदमा पानीको मूल फुटेको छ । यो अन्य पानीजस्तो सामान्य छैन । मूलबाट निस्कने पानी उम्लिरहेको आज तकको समाचारमा उल्लेख छ ।

उत्तराखण्डको चमेलीमा हिउँले ढाकेको डाँडाको फेदमा निस्किएको यो उम्लिरहेको पानी रहस्य बनेको छ । पूरै इलाकाको तापक्रम माइनसमा पुगिसकेका बेला निस्किएको यो पानी कसरी आइरहेछ भन्ने कुरा रहस्य नै छ । उम्लिरहेको पानी जमिनभित्रबाट निस्किरहेको छ । यहाँ चिसो पटक्कै महसुस भइरहेको छैन । पर्यटक यहाँ पुगेर तातो पानीको स्रोतमा अण्डा कपडामा बाँधेर डुबाउँछन् र उसिनेर खान्छन् । मात्रै १० मिनेटमा अण्डा उसिनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *