चिसो बढेसँगै गोदावरी र धनगढीका स्कुल विदा

डिसी नेपाल
१५ पुष २०७६ १०:४३

अत्तरिया । पछिल्लो समय कैलाली कन्चनपुरमा बाक्लो हुस्सुसँगै शीतलहर चलेर चिसो अत्याधिक बढेको छ।

अत्याधिक चिसोका कारण जनजिवन निकै प्रभावित बनेको छ। चिसोका कारण बृद्ध र बालबालिका बढी प्रभावित बनेका छन्।

पछिल्लो समय कैलालीको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको छ।

अत्याधिक चिसो बढेका कारण कैलाली र कन्चनपुरका विभिन्न नगरपालिकाहरुले चिसो बढेको भन्दै ३ देखि ७ दिनसम्म स्कुल विदा दिने निर्णय गरेका छन्।

अत्याधिक चिसो बढेको भन्दै बिभिन्न नगरपालिका र गाउँपालिकाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

यसैबीच कैलालीको गोदावरी नगरपालिकाले पनि अत्याधिक चिसो बढेको भन्दै ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *