भारतको नागरिकता कानुन विरोधी आन्दोलनमा पूर्व पोर्नस्टार मिया खलिफा !

डिसी नेपाल
१५ पुष २०७६ १०:४१

काठमाडौं। भारतको नागरिकता कानुन संशोधनको विरोधमा भारतभर विरोध प्रदर्शन गरिएको छ । नागरिकता प्राप्तिबाट मुस्लिम समुदायलाई बञ्चित गर्न खोजिएको भन्दै यसको विरोध भइरहेको छ । तर, यही आन्दोलनको समर्थन गर्ने क्रममा पाकिस्तानका पूर्व गृहमन्त्री रहमान मलिक भने नराम्ररी झुक्किए जसका कारण उनी सामाजिक संजालमा ट्रोलको शिकार हुन पुगेका छन् ।

मलिकले पूर्व पोर्नस्टार मिया खलिफालाई नागरिकता कानुन विरोधी प्रदर्शनकारी सम्झे र विरोध प्रदर्शनका लागि उनलाई धन्यवाद पनि दिए । मलिकलाई लाग्यो कि मिया खलिफा भारतीय क्षेत्रीय अभिनेत्री हुन् जो नागरिकता कानुन विरोधी आन्दोलनलाई समर्थन दिइरहेकी छिन् । खासमा अक्षय नामका एक युजरले रहमान मलिकलाई ट्याग गर्दै ट्वीट गरेका थिए ‘भारतीय क्षेत्रीय फिल्मका अभिनेत्रीहरु हिजाब लगाएर नागरिकता कानुन विरुद्ध मुस्लिमहरुसँग एकजुटता देखाइरहेका छन् ।’

उनले ट्वीट गरेका तस्वीरहरुमा हिजाब लगाएकी मिया खलिफाको पनि तस्वीर थियो तर मलिकले यसतर्फ ध्यान नै दिएनन् र उत्साहमा तत्कालै रिप्लाइ गरे जसका कारण उनी ट्रोलको शिकार हुनुपर्यो । यद्यपि पछि उनले ट्वीट डिलिट गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *