प्रदेश नं ३ प्रदेशसभाको पाँचौ बैठक पुस २१ गते बस्ने

डिसी नेपाल
१५ पुष २०७६ १९:१५

हेटौंडा । प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको पाँचौ बैठक यही पुस २१ गते सोमबार दिनको ३ बजेका लागि आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिसमा उनले बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयका कानून महाशाखाका अधिकृत राजेश तामाङले जानकारी दिए ।

यसअघि प्रदेशसभाको चौथो बैठक गत भदौ २५ गते अन्त्य भएको थियो । हाल प्रदेशसभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदूर किसान पार्टी, राप्रपा संयुक्त, राप्रपा र स्वतन्त्र सांसद १ गरी जम्मा ११० जना प्रदेशसभाका सदस्यले प्रतिनिधित्व गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *