‘पानी बारबार’ भएका बेला पौडेलले सार्वजनिक गरे देउवासँग हात मिलाएको तस्वीर

डिसी नेपाल
१६ पुष २०७६ ९:२४

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ। संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बहिष्कारकाबीच १४ औं महाधिवेशनको मिति सार्वजनिक गरेको छ। जसलाई संस्थापनइतर पक्षले अस्वीकार गर्ने जनाएको छ। संस्थापनइतर पक्षले निष्पक्ष महाधिवेशन हुनेमा आशंका जनाउँदै आएको छ।

कांग्रेसको विवाद उत्कर्षमा पुगेका बेला संस्थापक नेपा विपी कोइराला भारत निर्वासनबाट २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वेदश फर्किएको सन्र्दभलाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदैछ।

यसै सन्दर्भमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग हात मिलाएको तस्वीर सामाजिक संजालमार्फत सार्वजनिक गर्दै ४४ औं राष्ट्रिय मेलमिलाप दिवसको शुभकामना दिएका छन्।

उनले लेखेका छन– ४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा, दिदीबहिनी र दाजुभाइहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा राष्ट्रिय मेलमिलापको आवश्यकता र महत्त्व अझ बढेको मैले महशुस गरेको छु । ऐतिहासिक दिनको स्मरणमा मनाइने यो दिवसले हामी नेपालीको आत्मीयता, आपसी सद्भाव, विश्वास र एकता अझ घनिभूत हुने र हाम्रो राष्ट्रियता बलियो हुने विश्वास लिएको छु ।
जय नेपाल !’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *