संकटमा फेवाताल: स्थानीयले फोहोर कपडासमेत तालमै धुन्छन्
काठमाडौं। आज अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन। सँगसँगै नेपाल भ्रमण वर्ष २०२० को पनि। जनवरी १ अर्थात बुधबारबाट भ्रमण वर्ष औपचारिक रुपमा सुरु हुँदै छ। यो वर्षलाई सरकारले विषेश रुपमा हेरेकोे छ। सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
त्यसै अनुसार बुधबार काठमाडौंको दशरथ रंगशालामा राष्ट्रिपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक रुपमा उद्घाटन गर्दैछिन्। सरकार भ्रमण वर्ष घोषण गरे लगत्तैदेखि यसको तयारीमा ब्यस्त छ।
सरकारले भ्रमण वर्षलाई सफल बनाउन प्रचार तथा प्रबर्धनात्मक कार्यक्रममा कुनै कसुर बाँकी राखेको छैन। गएको जुन र जूलाईमा बेलायतमा आयोजना गरिएको आईसीसी विश्वकप क्रिकेटदेखि यूएईमा रहेको सबैभन्दा ठूलो भवन बुर्जुखलिफासमेतको उपयोग भ्रमण वर्ष २०२० लाई सफल पार्न उपयोग गरिएको छ। गएको संविधान दिवसका अवसरमा बुर्जुखलिफामा नेपालको झण्डा ‘लाइटिङ’ गरिएको थियो।
अहिले सबै संघ संस्था तथा नागरिकहरु आ–आफ्नो तर्फबाट भ्रमण वर्षलाई सफल पार्न लागिपरेका छन्। केही दिनअघि मात्रै वैदेशिक रोजगार संघले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई भ्रमण वर्षको लोगो भएको टि–सर्ट वा टोपी वितरण गर्दै आएको छ ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले थप सयवटा नयाँ गन्तव्य सूचि पनि सार्वजनिक गरेको छ। भ्रमण वर्षका लागि प्रमुख आकर्षणको केन्द्र रहेको छ पोखरा। पोखरा आन्तरित तथा वाह्य पर्यटकका लागि पहिलो रोजाईको केन्द्र बन्दै आएको छ । यहाँ पर्यटकहरु प्राकृतिक सौन्दर्यका साथै शान्त वातावरणमा रमाउन आउने गर्छन् । यसका साथै पोखरा संस्कृतिक तथा धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ ।
पोखराका पर्यटकीय स्थलहरुमा फेवाताल, बेगनासताल, रुपाताल, डेविड फल्स, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सारंकोट, शान्ति स्तुपा, विन्ध्यावासिनी मन्दिरलगायतका स्थानहरु प्रसिद्ध छन् । यहाँबाट माछापुछ्रेको सुन्दर मुहार हेर्न सकिन्छ ।
फेवाताल पोखराको घुम्नैपर्ने ठाउँमध्येको एक हो । यो ताल २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । तालमा कुमारी हिमाल माछापुच्छ«ेको शुन्दर छायाँ देखिन्छ । तालको बिचमा ताल बाराही मन्दिर छ ।
दैनिकजसो हजारौंको संख्यामा पर्यटक तथा भक्तजनहरु मन्दिर पुग्ने गर्छन् । तालको बिचमा भएकाले पनि यो मन्दिर आकर्षक देखिन्छ । तर, यो ताल भू माफियाहरुको चंगुलमा फस्दै आएको छ । ताल किनारामा व्यापारिक प्रयोजनका लागि बनेका भवनहरुबाट निस्केको ढल र फोहोर सिधै तालमा मिसिन्छ । जसले तालको सुन्दतामात्रै नभई जीवनमै खतरा पारेको छ ।
ताल वरपर बस्ने मानिसहरुले फोहोर लुगा कपडासमेत तालमै धुने गरेका छन् । अहिले सुन्दर फेवा फोहोर बन्दै गएको छ । यस्ता कुराहरुको रोकथामप्रति न स्थानीयले नै चाँसो दिएको छ न त ताल संरक्षण समितिले नै । आजबाट नेपाल भ्रमण वर्षको ओपचारिक सुरुवात भएको छ । लाखौं पर्यटकहरु लेक साइडमा घुम्न जाने गर्छन् । जब उनीहरुको नजर यस्ता दृश्यमा पर्छ, नेपालप्रति उनीहरुको हेर्ने दृष्टिकोण कस्तो हुन्छ ? यस्ता कुराहरुमा सरकारको बेलैमा ध्यान जान जरुरी छ ।
Facebook Comment