राष्ट्रियसभा बैठक : कसले के भने ?

डिसी नेपाल
१६ पुष २०७६ १३:५८

काठमाडौं। राष्ट्रियसभा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ।

बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गरेकी हुन्।

‘रेशम चौधरी जेलमा रहेको अवस्थामा त्यस क्षेत्रको स्थानीय साझेदारी विकास कार्यक्रम अन्तर्गतको बजेट ६ करोड रोकिएको छ। त्यसकारण जनता साह्रै दुखी भएको अवस्था छ। गतवर्ष मैले उक्त क्षेत्रको बजेट विनियोजन गर्ने मौका पाएको थिए। त्यसकारण जनताले पटक पटक मलाइ भनेको अवस्था छ। त्यहाँका जनताका लागि भएपनि बजेट वक्तव्यमा आएको रकम तुरुन्त निकासा होस भन्दै सम्बन्धित मन्त्रालय, नेपाल सरकार र यस सदनलाई जनकारी गराउँदै रकम विनियोजन होस भनी सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भनिन्।

राष्ट्रियसभा सदस्य उदयाशर्मा पौडेलले स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्न तयार पारिएको सफ्टवेयरबाट स्थानीय तहको विवरण गायब पारिएको प्रति ध्यानाकर्षण गराए। उहााले मंसिर १२ गतेबाट पुुस ४ गतेसम्मको विवरण गायब पारिएको भन्दै आइटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकरको ध्यानाकर्षण गराए।

उनले भने, ‘आपराधिक ह्याकरहरुले कब्जा गरेको अवस्था छ। केही समयअघि बैंकहरुको एटिएमबाट दुरुपयोग गरेर करोडौं लुटेको अवस्था थियो। यस्तो अवस्थामा आइटीलाई सुरक्षित र भरपर्द बनाउनका लागि सरकारको ध्यान जाओस्।’

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले उखु किसानहरुको विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन। उनले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको सट्टा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित पार्ने गरि एने ल्याएको भन्दै चिन्ता व्यक्त गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *